दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४” रहेको छ ।
(२) यो संहिताको दफा १९२ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि र अन्य दफाहरु संवत् २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ हुनेछन् ।